राष्ट्रकवि घिमिरलाई फेरि भारत लगियो

 

काठमाडौ,२१  जेठ —काठमाडौ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई फेरि भारत लगिएको छ ।
भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट नै आइतबार अस्पताल भर्ना भएका घिमिरेलाई सोमबार फेरि भारत लगिएको हो ।
आइतबार राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भएको थियो । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरेलाई ९ जेठमा भारत लगिएको थियो ।