काठमाडांै, जेठ २०—करिब ४ हजार किलो सुन तस्करीका मुख्य अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेकोछ । जिल्ला अदालतका न्यायधीश नारायण प्रसाद शर्माको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान सुरु गर्ने आदेश दिएको हो । घलेले बिहान मात्रै जिल्ला अदालत समक्ष आत्मसमर्पण गरेका थिए । त्यस लगत्तै उनको बयान लिइएको थियो ।
प्रतिवादीका वकिलहरुले भने घलेको सुन तस्करीमा संलग्नता नरहेको भन्दै तारेखमा छाड्न इजलास समक्ष माग राखेको थियो । निमित्त रजिष्टार केदार गौतका अनुसार दुवै तर्फको बहसपछि न्यायधीस नारायण प्रसाद शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
सुन तस्करी संलग्न आरोपी घलेलाई थुनामा राख्न आदेश
