मंगलबारदेखि आन्तरिक उडानमा हवाई भाडा बढ्ने, कहा कति ?

 

काठमाडौ,२० जेठ — हवाई इन्धनको मुल्य बढेसँगै आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ । सरकारले शनिबार आन्तरिकतर्फ हवाई इन्धनको भाडा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको छ ।

काठमाडौ धनगढीको अबको भाडा १२ हजार ८ सय ७० हुुने भएको छ भने पहिला १२ हजार ६ सय ५० रुपैयाँ रहेको थियो । त्यस्तै माउन्टेन फ्लाइटको भाडा १ सय ७० रुपैयाँ बढ्ने भएको छ । अब ११ हजार ४ सय ७० कायम हुने भएको छ ।

यस्तै नेपालगंज काठमाडौंको भाडा १ सय ६५ रुपैयाँ बढ्ने भएको छ । पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुनेछ ।