‘बजेट विकास, सम्बृद्धि र सामाजिक न्यायको पक्षमा छ ।’ — बिष्णु पौडेल

काठमाडौ २० जेठ —नेपाल कम्युनिष्ट पार्टीका सांसद विष्णु पौडेलले विकास, सम्बृद्धि र सामाजिक न्यायको पक्षमा नयाँ बजेट आएको बताएका छन् ।
आइतबार बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले नयाँ संविधानले परिकल्पना गरेको सम्बृद्धिको आधारमा बजेट आएको बताएका हुन् ।
‘यथार्थको जगमा उभिएर अपेक्षका बीचमा बजेट प्रस्तुत भएको छ । बजेटको जगमा उभिएर मुलुकलाई सम्बृद्धिमा लैजान सकिन्छ,’ उनले भने ।
उनले ८ प्रतिशतको आर्थिक बृद्धि दर हासिल गर्ने कुरा पनि चानचुने नभएको भन्दै मुद्रासिफृति, शिक्षा रोजगार, सातै प्रदेशमा शिक्षण अस्पताल स्थापनाको व्यवस्था गरेको बताए ।
दुई वर्षमा सवै वडामा स्वस्थ्य संस्था, उर्जा दशक, हुलाकी, मध्यपहाडी, दु्रतमार्गलगायतका विषयलाई प्राथमिकता दिएकाले पनि यो बजेटलाई नराम्रो भन्न नमिल्ने बताए ।