काठमाडौं, १९ जेठ—पेट्रोलियम पदार्थको मुल्य फेरि वृद्धि हुने भएकोछ । नेपाल आयल निगमले मुल्य वृद्धि हुने बताएको हो । शनिबार दिउसो लागु हुने गरि मुल्य वृद्धि भएको निगमले जनाएकोछ । पेट्रोल, डिजेल, मट्टीतेलमा तीन रुपैया र हवाई इन्धनमा ५ रुपैया मृल्य वृद्धि गरेको जनाएकोछ ।
वृद्धि भएलगत्तै पेट्रोल प्रति लिटर १ सय १३ रुर्पया र डिजेल एवं मट्टीतेल प्रति लिटर ९५ रुपैया भएकोछ । निगमले खाना पकाउने एलपी ग्यासको मृल्य वृद्धि चाहि नभएको बताएकोछ । पदार्थको मुल्य बृद्धि भएपनि निगम घाटामा रहेको छ । निगम अनुसार पाक्षिक घाटा १८ करोड ६२ लाख रहेको छ ।
इन्धनको मुल्य फेरि बढ्यो
