काठमाडौ १३ जेठ— सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७५र ०७६ को नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रममा कांग्रेसका सांसद मिनेन्द्र रिजाल र राजपाका अनिलकुमार झाबाहेकका संशोधनकर्ताले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
संसदले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
![](https://www.emailkhabar.com/wp-content/uploads/2018/05/samsad-1-752x440.jpg)