प्रदेश ७ का मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन

काठमाडौ १३ जेठ — सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने ऐनमा व्यवस्था भए पनि प्रदेश ७ का मुख्यमन्त्री तथा मन्त्रीहरूले वास्तै गरेका छैनन । प्रदेश सरकार गठन भएको सय दिन पुग्न लाग्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन।
गत ५ फागुनमा मन्त्रिपरिषद् गठनपछि प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरूका लागि आचारसंहित बनाएको थियो । त्यसमा पनि पदवहाली गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । जसअनुसार, मुख्यमन्त्री र मन्त्रीहरूले आफूसँगै आफ्ना परिवारका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ ।
भ्रष्टाचार निवारण ऐनमा पनि आफ्नो र आफ्नो परिवारका सदस्यको नाममा रहेको नगद, जिन्सी सबै सम्पत्ति सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।