संसदमा प्रधानमन्त्रीको जवाफ : सुनको घर बनाउँछु भनेको छैन

 

काठमाडौ, १३ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाललाई गरीब रहन नदिने भन्दै ‘चारा’कै लागि भौतारिनु पर्ने अवस्था आउन नदिने बताएका छन् ।
संघीय संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनेको पनि त्यो आफूलाई स्वीकार्य भएको बताए ।   उनले भने, ‘तर यो असम्भव महत्वाकांक्षा होइन, अर्को वर्ष सुनको घर बनाउँछु भनेको छैन ।
नेपाल पहिलो विश्वमा नपुग्ने अभिशब्द हो? भन्दै उनले देशलाई विकासको बाटोतर्फ आजैदेखि लगे पहिलो विश्वमा पुग्न सम्भव भएको बताए ।
‘केही वर्ष्भित्र बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस् । आफूले पाएको अधिकारसम्म पुग्ने बाटो पाइन भन्ने नेपाली नहोस् । हामीले यी काम गर्नकै लागि आकांक्षाहीन नीति नल्याएका हौं’ उनले भने ।