संघीय संसदको छलफल आज सकिदै

काठमाडौ, ११ जेठ सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसदमा जारी छलफल आज सकिँदैछ । छलफल प्रतिनिधिसभामा बुधवार र राष्ट्रिय सभामा हिजोबाट छलफल सुरु भएको हो । छलफलका क्रममा सत्तारुढ दलका सांसदले नीति तथा कार्यक्रमको बचाउ गर्दा प्रतिपक्षी दलले भने नीति तथा कार्यक्रम लक्ष्यहिन र अस्पष्ट भएको आरोप लगाउँदै आएका छन् । छलफलका क्रममा उठेका प्रश्नको जवाफ भने प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवारको बैठकमा दिनुहुने संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले बताए ।