नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आज

जेष्ठ १०, काठमाडौ—नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । विधि तथा प्रक्रियामा छलफल गर्न वैठक बोलाईएको वताइएको छ ।
जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्न लागेको हो । नेकपाको केन्द्रीय सदस्यामा ४४१ जना केन्द्रीय सदस्य रहेका छन् ।
पार्टी एकिकरणपछिको नेकपाको बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी सञ्चालनको विधि, एकताको उद्धेश्य लगायतका विषयमा ब्रिफिङ गर्ने युुवराज ज्ञवालीले बताउनुभयो ।