कलंकी-महाराजगन्ज सडक पनि चीनले विस्तार गर्दै, खण्डमा सडकमा परेका संरचना हटाउन १५ दिनको म्याद

जेठ १०,काठमाडौं – कलंकीदेखि महाराजगञ्जसम्म सडक सीमामा पर्ने संरचनाहरु १५ दिनभित्र हटाउनकालागि सार्वजनिक सूचना जारी गरेको छ।

आयोजनाले सडकमा परेका घरटहरा भत्काउन अटेर गरे सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम ‘रार्इट अफ वे’ खाली गर्ने नियमानुसार काठमाडौं उपत्यका विकास प्राधिकरण,जिल्ला आयुक्तको कार्यालयबाट हटाइने उल्लेख गरिएको छ।

चीनकै सहयोगमा कोटेश्वर(कलंकी पहिलो खण्ड अन्तिम चरणमा पुगेका बेला दोस्रो खण्डको काम अघि बढाउन लागिएको हो। नेपाल र चीन सरकारको द्धिपक्षिय सम्झौता गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो। करिव ८.६ किमीको यो खण्ड विस्तारका लागि करिव ६ अर्व लागत लाग्ने अनुमान गरिएको छ। जसमा चीन सरकारको पुर्ण अनुदान रहने छ। ५० मिटरको सडक ८ लेनमा विस्तार हुनेछ।

महाराजगञ्जमा कलंकीको जस्तै अण्डरपास वे बनाउने विषयमा समेत छलफल भैरहेको छ ।  करिव ४ बर्षमा पुरै चक्रपथ ८ लेनको बनाइसक्ने लक्ष्य सरकारले लिर्इएको छ।