३८ क्वीन्टल सुनकाण्डमा २८ जना थुनीए

काठमाडौ, ८ जेठ —३८ क्वीन्टल सुन तस्करीको अभियोगमा जिल्ला अदालत मोरङले २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । । एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी संजय राउत, प्रजित केसी, सई बालकृष्ण संजेल समेत थुनामा परेका छन । यस्तै भुजुङ गुरुङ, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी लगायत पनि पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ ।
जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन दफा ११८ को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।