स्थानीय सरकारः अलमलमै बित्यो एक वर्ष

जेठ ६, जुम्ला – जुम्लाका कालीबहादुर बस्नेत गाउँ नगरमा सिंहदरबार आएको एक वर्ष बिते पनि परिवर्तनको अनुभूति हुन नसकेको भन्दै निराश छन् ।

स्थानीय तहको निर्वाचनपूर्व गाउँनगरमा सिंहदरबार पुगेको खबरले उत्साहित उनी जनप्रतिनिधिको पछिल्लो रवैया देख्दा दिक्क छन् । अहिले सम्म बैंकिङ कारोबार गर्न सदरमुकाम खलंगा पुग्नु पर्ने बाध्यता हटेको छैन । अधिकांश स्थानीय तहका सम्पर्क कार्यालय खलंगामै छन् । इमेल, इन्टरनेटको पहुँच नभएको भन्दै सदरमुकाम कार्यालय केन्द्रित हुँदा काम गर्न समस्या भएको स्थानीय बताउँछन् ।

उनले भने, ‘स्थानीयतह निवार्चनको एक वर्ष बित्यो, तर नागरिकका आशा र अपेक्षा पूरा हुन सकेनन् । चुनावताका आर्थिक समृद्धिका लागि प्रतिबद्ध हुँदै नमुना स्थानीय तह बनाउने सबैले वाचा गरेका हुन्, तर अहिले सबैजसो जनप्रतिनिधि अन्योलमै काम गरिरहेका छन्,’ उनले भने । संविधानको मर्म अनुसार संघीयता कार्यान्वयनको अवस्थामा आए पनि स्थानीयतह निर्वाचनको एक वर्ष सम्म जनप्रतिनिधिका चिप्ला आश्वासनले नागरिकका भोका पेट भरिएनन । जनप्रतिनिधिको अधिकांश समय गोष्ठी, सेमिनार, बैठक, भेला सम्मेलनमै खर्च हुन पुग्यो ।
नागरिकबाट