गृहमन्त्रालयले गर्यो ५ डिआईजीको सरूवा, को कहाँ ?

काठमाडौ, ५ जेठ — गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार गृहमन्त्रालयले पाँच डिआइजीको सरूवा गरेको छ । आइजीको दौडमा रहेका पुष्कर कार्कीलाई अपराध अनुसन्धान ब्युरोबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरूवा गरिएको छ ।  त्यसैगरी छबिलाल जोशीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रहरी प्रधान कार्यालय कार्य विभागमा, महानिरीक्षकको सचिवालयमा रहेका मनोज न्यौपानेलाई महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा, त्यस्तै प्रदेश प्रहरी कार्यालय प्रदेश १ का ज्ञानबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा सरूवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका डिआईजी धिरू बस्नेत प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा पुगेका छन ।