काठमाडौ, ५ जेठ— कक्षा छाडेर विद्यार्थीहरू यार्चा पाटनहरूमा पुगेपछि विद्यालयहरूले घुम्ती अध्यापन थालेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्लाका विभिन्न चारवटा यार्चा पाटनमा घुम्ती विद्यालयहरू खोलिएका हुन् ।
एकमहिने यार्चा संकलनको समयमा साइकुमारी, बाघडाँडा र परपडे पाटनमा माझफालमा लक्ष्मी मावि थरगाउँ र विद्या मन्दिर मावि माझफालले घुम्ती अध्यापन थालेका हुन् ।
घुम्ती विद्यालय सञ्चालनका लागि एक जना प्रधानाध्यापकको संयोजनमा तीन शिक्षक, एक पाल, प्रतिविद्यार्थी दुई सेट कापी, कलम र खाजा व्यवस्था गरिएको छ ।