यस्ता छन् नेपाल कम्युनिस्ट पार्टीको पहिलो बैठकका ८ निर्णय

१) दल एकीकरण भएको निर्णय गरियो ।
२) पार्टी नामकरण सम्बन्धमा छलफल गर्दा नेपाल कम्युनिस्ट पार्टी रहने निर्णय गरियो।
३) दलहरुबीचको सम्झौता र सहमति पारित गर्ने निर्णय गरियो ।
४) राजनीतिक प्रतिवेदन र आन्तरिक विधान सम्बन्धमा माधवकुमार नेपाल र रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदनलाई सम्सोधनसहित पारित गर्ने निर्णय गरियो।
५) दलको निर्वाचन चिह्न ‘सूर्य’ रहने निर्णय गरियो।
६) दलको सम्पत्ति र दायित्वसम्बन्धी प्रस्ताव उपर छलफल हुँदा साबिकमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति र दायित्वहरु एकिकरण भएको दल नेकपामा सर्ने निर्णय गरियो ।
७) एकीकरण भएको दल नेकपाको दल दर्ता लगायतका प्रायोजनका लागि साबिकको नेकपा एमालेबाट सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङलाई अधिकार प्राप्त व्यक्ति तोक्ने र निजहरुलाई सहयोग गर्न वरिष्ठ अधिवत्ता मुक्ति प्रधान, अधिवक्ता बाबुराम दाहाल र अधिवक्ता रमेश बराललाई तोक्ने निर्णय गरियो ।
८) एकीकरण भएको दल नेकपाको केन्द्रीय समितिको संख्या ४ सय ४१ जनाको रहने तथा यस पहिलो बैठकमा उपस्ति भएका सबै केन्द्रिय सदस्यले हस्ताक्षर गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका लागि अगाडि बढ्ने निर्णय गरियो ।

राजधानीबाट