नारायणगढ–मुग्लिन सडक पहिरोपछि पुुन सञ्चालनमा

काठमाडौ ३ जेठ —नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान करिब ६ बजे सडकमा पहिरो खसेको थियो । सो पहिरो बिहान करिब ८ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।