मोदीको जनकपुर स्वागतमा मात्रै सात करोड २० लाख खर्च

काठमाडौ, २ जेठ  —भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कारमा जनकपुरमा मात्रै ७ करोड २० लाख खर्च भएको छ ।मुख्यमन्त्रीको कार्यालयले मोदीको सत्कारमा भएको खर्च व्यहोर्न प्रदेश सरकारसँग बजेट अभाव रहेकाले ७ करोड २० लाख स्वीकृत गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव गरेको छ ।
यस्तो छ खर्चको विवरण
मञ्च निर्माणमा मात्रै २ करोड खर्च
सरसफाइमा साढे २ करोड
जनपरिचालनमा १ करोड
सुरक्षामा ६० लाख
प्रचारप्रसारमा १ करोड १० लाख