प्रदेशसभा ३ को बर्खे अधिवेशन सुरु

काठमाडौ ०२ जेठ —प्रदेशसभा ३ को बर्खे अधिवेशन मंगलबादेखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धममा (कर प्रस्तावबाहेक) प्रस्ताव पेश गरेका छन ।
प्रदेशसभा सदस्य हरिशरण लामिछानेको असामयिक निधनपछि मंगलबारको बैठकमा पूर्वबजेटसम्बन्धी प्रस्ताव टेबल मात्र भएको हो । बैठक स्वर्गीय लामिछानेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बुधबार बिहान ११ बजे बस्नेगरी स्थगन भएको छ । बुधबारको बैठकमा पनि प्रदेशभा सदस्य लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने मात्र कार्यसूची रहेको छ