ओली–दाहाल बिच वान टु वान वार्ता हुँदै

काठमाडौ २ , जेठ— एमाले र माओबादी केन्द्रबीचको पार्टी एकतालाई गति दिन दुई दलका अध्यक्षबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहिबेरपछि वान टु वान वार्ता हुदैछ । २ दलबीच चाँडै एकता गर्ने सहमति भएपनि शीर्ष तहमा ठोस सहमती बन्न नसक्दा दुई पार्टीको एकता लम्बिदै गएको थियो । यसबीचमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र आफ्नै पार्टीका दोस्रो तहका नेताहरुसँग छलफल गरेका थिए । दुबै पार्टीका दोस्रो तहका नेताहरुले आपसी असमझदारीलाई स्पष्ट राख्दै एकता प्रक्रियालाई निष्कर्षमा र्पुयाउन नेतृत्वमाथी दबाब दिईरहेका छन् । दुवै अध्यक्षबीच सहमती बने आजै संयोजन समितीको बैठक बसी पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी समेत गरिएको छ ।