मकालु एयरको जहाज बाजुरामा भेटियो, दुवै पाइलट सकुशल

काठमाडौ, २ जेठ  —सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको कार्गो जहाज बाजुरामा भेटिएको छ । सम्पर्क्विहीन जहाजको खोजिका लागि गएको माउन्टेन एयरको हेलिकप्टरले ‘फोर्स ल्याण्डिङ’ गरेको अवस्थामा नदी किनारमा फेला पारेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । यद्यपी उक्त ठाउँ कुन हो भन्ने पत्ता लागि नसकेको क्षेत्रीले बताए । जहाजमा रहेका दुवै जना पाइलट सकुशल रहेका छन् ।

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो सामान लिएर उडेको जहाज ६ बजेर ५५ मिनेटमा अवतरण गर्नुपर्ने थियो ।