म्याग्दीमा वाढीले वगायो ४ घर, दर्जन वढी प्रभावित

वैशाख ३१, काठमाडौ—भिषण वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा हिजो साँझ चार वटा घर पुरिएको छ ।
बजारमाथि वाटा वहने खहरेखोला भारी वर्षाले थुनिएर बाढी आउँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले बताउनुभयो ।
घरमा बाढी पसेपछि अन्नपात, लत्ताकपडालगायत घरायसी सामानमा क्षति पुगेको छ । बाढीबाट स्थानीय एक दर्जन भन्दा बढी घर प्रभावित भएका छन् । प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ ।
वर्षापछि विभिन्न ठाउँमा खसेको पहिरो र खोल्सामा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । यस्तै, घट्टेखोलामा निर्माणाधीन पुलमा समेत क्षति पु¥याएको छ ।
सडक अवरुद्ध भएपछि मुस्ताङ भ्रमण, मुक्तिनाथ दर्शनमा आउने÷जाने भक्तजन तथा पर्यटक समस्यामा परेका छन् ।