ईन्डियन प्रिमियर लिगमा आज दुई खेल हुुने

काठमाडौ, २९ बैशाख —ईन्डियन प्रिमियर लिग क्रिकेटअन्तर्गत आज दुई वटा खेल हुदैछन् । पहिलो खेल चेन्नई सुपर किंग्स र सनराईजर्स हैदरावादबीच हुदैछ भने दोस्रो खेलमा मुम्बई ईन्डियनस र राजस्थान रोयल्स भिड्दैछन् । चेन्नई सुपर किंग्स र सनराईजर्सबीच हुने पहिलो खेल महाराष्ट्रा क्रिकेट एसोसियसन स्टेडियम पुनेमा नेपालीसमय अनुसार सवा ४ बजे हुनेछ । त्यस्तै, दोस्रो खेल नेपाली समय अनुसार राती सवा ८ बजे वाङ्खेडे स्टेडियम मुम्बईमा हुनेछ ।

अहिलेसम्मको ११ वटा खेलमा ९ मा जित निकालेको सानराईजर्स १८ अंकसहित अंकतालिकाको पहिलो स्थानमा रहेको छ भने समान खेलमा ७ मा जित निकालेको चेन्नई १४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, समान ११ खेल खेलेका मुम्बई ईन्डियन्स र राजस्थान रोयल्स समान ५ मा जित निकाल्दै दुईटै १० अंकसहित अंकतालिकाको पाँचौ र छैठौं स्थानमा रहेका छन् ।