काठमाडौ २९,बैशाख— वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ ।
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । मच्छेन्द्रनाथको यात्रा करिब एक हजार ३०० वर्ष अघि नै शुरु भएको हो ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आज राष्ट्रपति विद्यादेवी भण्डारीले जाने भएकी छन । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
मच्छेन्द्रनाथको भोटो आज देखाइदै
