मोदीले गरे सन्दिपको प्रशंशा

काठमाडौं २९, बैशाख— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको प्रशंशा गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालमा कति चर्चा छ मलाई थाहा छैन’ उनले भने, ‘भारतमा आईपीएल म्याच भइरहेको छ र नेपाल पनि आईपीएलमा जोडिएको छ । पहिलो पटक नेपालका खेलाडी सन्दिप लामिछाने आईपीएलमा भाग लिइरहेका छन् । म आशा गर्छु कि आउने दिनेमा क्रिकेट मात्र होइन, अरु खेलले पनि जनता जनताबीचको सम्वन्ध बजबुत हुनेछ ।’