मोदीको अभिनन्दनमा नेपाली पत्रकारलाई प्रवेश निषेध

काठमाडौ २९, बैशाख —राष्ट्रियसभा गृहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दनमा पुगेका नेपाली पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । भारतीय पत्रकार र नेपालको सरकारी मिडियाका पत्रकारलाई भने भित्र छिराइएको छ ।
पत्रकारहरु केहीबेर पर्खदा समेत भित्र छिर्न नदिएपछि क्यामेरा डाउन गरेर फर्किएका छन् । बहिस्कार स्वरुप केही बेर क्यामेरा डाउन गरेपछि सबै पत्रकार बाहिरिएका छन् ।