मोदी आउँदा जनकपुरमा माक्स र हेलमेट लगाउन प्रतिबन्ध

बैशाख २८ ,जनकपुरधाम – भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको क्रममा मास्क र हेलमेट लगाउन प्रतिबन्ध लगाईएको छ । शुक्रबार जनकपुर आउने मोदीको सुरक्षाको लागि भन्दै प्रदेश सरकारले माक्स र हेलमेट लगाएर हिड्न प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र माक्स लगाएर हिँड्न निषेध गरेको हो ।

मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र माक्स लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र माक्स लगाएर नजान आग्रह गरिएको छ ।

त्यस्तो निषेध गरिएको सरसामान लिई प्रवेश गरेको पाइएमा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कारबाही अगाडि बढाइने सूचनामा उल्लेख गरिएको छ । मोदीको जनकपुर भ्रमणलाई लिएर प्रदेश २ को सरकारले भोली प्रदेशभरी सार्वजनिक विदा दिएको छ ।