काठमाडौ,बैशाख २७— भारतीय अवरोधका कारण पूर्वी नाका काँकडभिट्टामा एक सातादेखि तयारी चियाका ११ वटा ट्रक रोकिएका छन् । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएकोे हो ।
पानीट्यांकी भन्सारमा रोकिएको ट्रकमा १७ हजार किलोभन्दा बढी तयारी चिया रहेको व्यवसायी रोशन अग्रवालले दिए ।
एकपटक चियाको नमूना परीक्षण गराउँदा भारु २५ हजार खर्च लाग्ने गरेको छ । भारत निर्यात हुने चिया मात्रै होइन, तेस्रो देश निकासीका लागि भारतीय भन्सार पुगेका चियाका ट्रक पनि रोकिएका छन् ।
भारतीय अवरोधका कारण काँकडभिट्टामा ११ वटा ट्रक रोकिए
