मध्यान्न १२ बजेदेखि जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेशमा रोक

काठमाडौ, बैशाख २७ —भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी भइरहेको जनकपुरस्थित जानकी मन्दीरमा आज मध्यान्न १२ बजेदेखि सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइने भएको छ । भोलिबाट हुने भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारी पुरा भएको छ । मोदी भोलि बिहान जनकपुर आइपुग्ने तयारी बमोजिम सुरक्षालगायतका सम्पूर्ण तयारी पुरा भएको अधिकारीहरुले बताएका छन् ।