अब भारतमा नेपालीलाई पनि भिसा आवश्यक !

बैशाख २६,काठमाडौँ – भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ । राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको वेला भारतले यस्तो अनपेक्षित व्यवहार गरेको हो ।

तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन । तर भारतले नेपाली र भूटानी नागरिकलाई कडाई गर्दै लगेको छ । चीन र पाकिस्तानबाट हवाई मार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किँदा यसअघि पनि नेपाली र भूटानी नागरिकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो । तर यसबर्ष देखि मालदिभ्स, हङकङ र मकाउ थपिएको छ ।
नयाँ पत्रिकाबाट