साँढे ३३ किलो सुन तस्करी प्रकरणः पक्राउ परेका ३० जनाकै बयान सकियो

बैशाख २६, विराटनगर – साँढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मंगलबार सम्ममा ३० जनासँग बयान लिएको छ ।

अभियुक्त बनाएर मुद्दा दर्ता गरिएका ६३ जना मध्ये ३० जना मात्रै पक्राउ परेका थिए । पक्राउ परेकासँग बयान लिने काम सकिएको आदालतका स्रेस्तेदार नवराज दुलालले बताए । पक्राउ परेकाको बयान अदालतले गत बिहीबारबाट लिन सुरु गरेको थियो । दुलालका अनुसार पक्राउ परेका अभियुक्तको बयान सकिएका कारण बिहीबार (भोली) बाट मुद्दाको बहस सुरु हुँदैछ । बुधबार कानून दिवस परेकाले बहस एक दिन पछि धकेलिएको हो ।

अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहोवरमा लिइएको हो । बयान लिने काम सकिएपछि शर्माले प्रमाणित पनि गरिसकेका छन् । दुलालले मंगलबार निलम्बित डीएसपी संजयबहादुर राउत, प्रजित केसी र एसएसपी दिवेश लोहनीको बयान लिइएको छ । लोहनीलाई भने प्रहरीले अनुसन्धानका लागि म्याद थप नगरिकन सिधै पक्राउ पुर्जी थमाएर अदालतमा उपस्थित गराएको थियो । अन्य २७ जनासँग यस अघि नै लिइएको थियो ।

अदालतले अभियुक्त टेकराज मल्ल ठकुरीको तीन दिन तथा सइ बालकृष्ण सञ्जेल र डीएसपी राउतको बयान लिन दुई दिन समय लगाएको थियो । त्यस्तै मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भनिने नरेन्द्र कार्की र राजन कुमारको बयान लिन पनि दुई दिन लगाइएको थियो ।
अन्नपूर्णबाट