मोदीलाई रक्षामन्त्री पोखरेलले स्वागत गर्ने

बैशाख २५, काठमाडौँ – २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मोदीलाई रक्षामन्त्रीले स्वागत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । पोखरेल सरकारका वरिष्ठतम मन्त्री हुन् । यसअघि ओली भारतको राजकीय भ्रमणमा दिल्ली जाँदा विमानस्थलमा भारतका वरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

मोदी पटनाबाट हेलिकोप्टरमा २८ वैशाख बिहान ९ः३० बजे जनकपुर विमानस्थल ओर्लिनेछन् । प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई जानकी मन्दिरमा स्वागत गर्नेछन् । लगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा पूजापाठ गर्नेछन् । पूजापाठ सकिएपछि मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । कार्यक्रममा मोदी र पोखरेलले सम्बोधन गर्नेछन् ।
नयाँ पत्रिकाबाट