काठमाडौ २४, बैशाख — बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१० अनारखोलीमा आज बिहान पौने ३ बजे दुर्घटनामा परेको हो । बस बीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।
बैतडीमा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते
