चट्याङ लागेर मकवानपुरमा तीन जनाको मृत्यु

बैशाख २४, हेटौंडा – चट्याङ लागेर मकवापुरमा तीन जनाको मृत्यू भएको छ । मनहरी गाउँपालिका २ ठाडोखोलास्थित झुल्यानमा बाबु छोरीको ज्यान गएको हो । आईतबार साँझ हावाहुरीसँगै परेकोे चट्याङ लागेर ३० वर्षीय भीमलाल सिन्तान र उनकी अढाई वर्षीय छोरी बिमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिप झाले जानकारी दिए ।

सँगै हेटौंडा १६ चिसापानीका ६० वर्षीय कृष्णबहादुर बलामीको पनि मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका तीनै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भइएको प्रहरी नायव उपरीक्षक झाले जानकारी दिए ।
अन्नपूर्णबाट