नरेन्द्र मोदी आउने दिन २८ गते प्रदेश २ मा सार्वजनिक विदा

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक हुने भएको छ । बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले वैशाख २८ गते प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलका अनुसार प्रदेश २ का आठै जिल्लाबाट मोदीले सम्बोधन गर्ने कार्यक्रममा ५० हजार मानिस सहभागी गराउनुपर्ने हुँदा सार्वजनिक विदा दिईएको हो ।

सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट मोदीले सम्बोधन गर्ने कार्यक्रममा ५० हजार मानिस सहभागी गराउन सर्कुलर जारी गरेको छ । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा देशभर सार्वजनिक विदा दिईएको थियो । जुन कदमको व्यापक विरोध भएको थियो ।