बाह्रविघा मैदानमा ओलीले मोदीलाई अभिनन्दन गर्ने

काठमाडौ,१८ बैशाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुुरको बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन गर्ने भएका छन् । यही वैशाख २८ गते भारतबाट सीधै जनकपुर आउन लागेका मोदीलाई त्यही दिन प्रधामन्त्री ओलीले अभिनन्दन गर्ने भएका हुन् ।

भारतीय सेनाका तीनवटा हेलिकोप्टर र सुरक्षाकर्मीसहित नेपाल आउन लागेका मोदीले वैशाख २८ गते जनकपुरस्थित जानकी मन्दिरको पनि दर्शन गर्ने भएका छन् ।

मोदीको भ्रमणको सुरक्षा तयारीबारे बुझ्न मंगलबार सुरक्षा प्रमुखहरुसहित जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले जिल्ला प्रहरी कार्यालयमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मोदीको भ्रमण तयारी बारेमा जानकारी दिएका हुन् ।

मोदीको स्वागतको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन दुई नम्बर प्रदेश सरकारल गर्ने र केन्द्र सरकारले समन्वयको भूमिका निर्वाह गर्ने कुुरा गृहमन्त्री थापाले बताए ।