निर्वाचनमा हारको मुख्य कारण वाम गठबन्धन : कांग्रेस बैठकको निश्कर्ष

बैशाख १७,काठमाडौँ – नेपाली कांग्रेसले मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयको प्रमुख कारण कम्युनिस्ट गठबन्धन भएको ठहर गरेको छ । केन्द्रीय समितिको करिब डेढ महिना सम्म लम्बिएको बैठकले यस्तो निचोड निकालेको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतवार साँझ पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले हारको कारण वाम गठबन्धन र भारतीय नाकाबन्दीको खुलेर विरोध गर्न नसक्नु रहेको उल्लेख गरेका छन् । संघीय संसद र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धन नेपाली कांग्रेस हार्नुको मुख्य कारण बन्न पुग्यो । विपक्षी कम्युनिष्ट गठबन्धनले भारतले लगाएको नाकाबन्दीका कारण पीडित नागरिकको मत आफ्नो पक्षमा प्रभावित पार्न सफल भयो, कांग्रेसले निकालेको विज्ञप्तीमा भनिएको छ, यसका साथै पार्टीले उम्मेदवारी चयनलाई प्रर्याप्त गृहकार्य गरी समयमा टुंगो लगाउन नसक्नु, स्थानीय, प्रदेश र केन्द्रीय तहमा पार्टीले दिएको उम्मेदवारको पक्षमा कतिपय स्थानमा निष्क्रियता, असहयोग र अन्तर्घात जस्ता अनुशासनहीन क्रियाकलाप देखिनु पनि हारको कारण बन्यो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार निर्वाचनमा बेहोरेको हारको जिम्मा सामुहिक रुपमा लिने सहमति भएको छ । शनिबार अवरूद्ध केन्द्रीय समिति बैठक महासमिति भेला बर्षाको मौसमलाई मध्यनजगर गर्दै पार्टीले मिती तय गर्ने सहमति भएपछि बैठक सुचारु भएको थियो । निर्वाचनको हारको जिम्मावारी पार्टी सभापति देउवाले लिनुपर्ने अडान वरिष्ठ नेता रामचन्द्र पौडलले लिएपछि शनिवार विहान ९ बजे बोलाइएको बैठक बस्न सकेको थिएन । तर हारको जिम्मा सामूहिकरूपमा लिने निर्णय कांग्रेसले गरेको छ ।
अन्नपूर्णबाट