नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक जारी

काठमाडौ, बैशाख १३— ९ गते सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने भएको छ । निर्वाचन हारको सकिक्षा गर्न पार्टी केन्द्रीय कार्यलय सानेपामा आज विहान ९ बजे सुरु हुने बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने भएका छन् । बैठकमा हालसम्म ६६ केन्द्रीय सदस्यले आफ्नो विचार राखिसकेका छन् ।

हिजोको बैठकमा नेता विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, शंकर भण्डारी, मोहनबहादुर बस्नेत तथा प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो विचार राखेका थिए ।
जारी बैठकमा संस्थापन पक्ष र पौडेल पक्षका नेताहरुबीच आरोपप्रत्यारोप चलिरहेको भएकाले धेरै समय लागेको छ । जारी बैठक अझै केही दिन चल्न सक्ने बताइएको छ ।