मनमोहन अधिकारीको १९ औं स्मृति दिवस मनाइँदै

वैशाख १३, काठमाडौ–नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम गर्दैछ । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुभएको थियो ।
लामो राजनीतिक संघर्षको क्रममा उहाँले १७ वर्ष जेल जीवन बिताउनुभएको थियो । अधिकारी २०५१ सालमा मुलुकको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको थियो । उहाँको कार्यकालमा केही लोकप्रिय कार्यक्रमहरु सार्वजनिक भएपछि उहाँलाई धेरैले स्मरण गर्ने गरेका छन् । विक्रम संवत १९७८ सालमा जन्मनु भएका अधिकारीको २०५६ बैशाख १३ गते निधन भएको थियो ।