वैशाख १०, काठमाडौ–चेल्सी एफ ए कप फुटबलको फाईनलमा प्रबेश गरेको छ । गएराती भएको सेमिफाईनल भिडन्तमा साउथ हेम्प्टनलाई २–० ले हराउँदै चेल्सीले एफ ए कपको उपाधि यात्रा तय गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको पहिलो मिनेटमै चेल्सीले गोल गर्दै खेलमा अग्रता बनाएको थियो । ओलिभर जिराउडले चेल्सीको खाता खोलेका थिए । पहिलो सेमिफाईनलमा टटनह्यामलाई २–१ गोल अन्तरले हराउँदै म्यान्चेष्टर युनायटेड उपाधि नजिक पुगेको थियो । चेल्सी र म्यानु बीचको उपाधि भिडन्त आगामी मे १९ मा हुनेछ ।
चेल्सी एफ ए कप फुटबलको फाईनलमा प्रबेश
