देउवालाई पार्टी सभापति बनाउनु गम्भीर भूल–कुलबहादुर गुरुङ

काठमाडौँः नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुराना नेता कुलबहादुर गुरुङले को जारी केन् शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु गम्भीर भूल भएको बताएका छन् । कांग्रेसद्रीय समिति बैठकमा आफ्नो लिखित मन्तब्य राख्दै पार्टीमा शालिन नेताका रुपमा परिचित गुरुङले देउवाका कारण आफूले पनि लाज मानेर हिँड्नुपर्ने अवस्था आएको बताएका छन् ।

केन्द्रीय समितिमा ४ बुँदे लिखित विचार राख्दै गुरुङ देउवाका कारण कांग्रेसले आफ्नो साख मात्रै नगुमाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतमै लोकप्रियता गुमाएको पनि बताएका छन् ।

‘स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समयमै गम्भिरतापुर्वक नलिई तिनै गल्ति र कमजोरीहरुलाई निरन्तरता दिंदा प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा नेपाली काँगेसले नराम्रोसँग पराजय भोग्नु परेको छ’, उनले भनेका छन्, ‘निर्वाचनको यो पराजयले नेपाली कांग्रेसले आज आफ्नो साखमात्र गुमाएको छैन, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा यसले आफ्नो लोकप्रियता गुमाएको भन्ने मेरो ठहर रहेको छ ।’

बीपीको विचार बोकेको कांग्रेस आज लाजमर्दो अवस्थामा पुगेको भन्दै गुरुङले देउवाकै कारण पार्टी कार्यकर्ताहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणुलाई जिताउन हँसिया हथौडामा भोट हाल्न पनि विवश हुनुपरेको गुनासो समेत गरेका छन् ।