सभागृहको कार्यक्रममा तनाव, लेलिनको फोटो नराख्दा विरोध

वैशाख ९, काठमाडौ—नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आइतबार सभागृहमा आयोजना गरिएको कार्यक्रममा कार्यकर्ताले हुटिङ गरेका छन् ।

भीआई लेनिनको जन्मजयन्तीको विशेष कार्यक्रममा लेनिनको तस्बिर नराखेको भन्दै कार्यकर्ताले हुटिङ गरेका हुन ।  कार्यकर्ताको चर्को विरोध भएपछि ब्यानर नै हटाइएको छ। आयोजकले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको पृष्ठभूमि तस्बिरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर भएको ब्यानर राखेको थियो। ब्यानर हटाएपछि स्थिति साम्य भएको छ ।