आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस

वैशाख, ९ काठमाडौं -आजको दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । देशको ठूला दुई वामपार्टी नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस संयुक्त रुपमा मनाउँदैछन् ।
आज भन्दा ६८ वर्ष अगाडी आजको दिन अर्थात २२ अप्रिल १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । यसैगरि अन्य संस्थापक नेता निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।
नेपालमा कठोर राणा शासन चलिरहेका रहेका बेला भूमिगत रुपमा स्थापना भएको कम्युनिस्ट पार्टीले सामान्तवाद, पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई स्वतन्त्र वनाउने उद्देश्य राखेको थियो ।
देशको ठूला दुई वामपार्टी नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस संयुक्त रुपमा राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना गरेका छन । जहा एमालेका अध्यक्ष तथा प्रधानमंत्र ओली र नेकपा केन्द्रका अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने भएका छन ।