वैशाख ८, काठमाडौं– एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर कार्यक्रम ओयोजना गर्ने भएका छन ।
एमाले र माओवादी केन्द्रले सुरूमा ९ वैशाखमै पार्टी एकता गर्ने भनिए पनि विवादित विषयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच छलफल नपुगेपछि एकता प्रक्रिया लम्बिएको छ । पछिल्ले समय सहमतिको प्रयासमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पछिल्लो केहीदिनदेखि लगातार छलफल भइरहेको छ ।
पार्टी एकता संयोजन समितिको आयोजनामा भोलि राष्ट्रियसभा गृहमा कार्यक्रम राखेको छ । सोही कार्यक्रममा छिटै एकताको सन्देश दिने गरि नेताहरुले सन्देश दिने वताइएको छ ।