वैशाख ४, काठमाडौं –महानगरीय अपराध महाशाखाको नेतृत्व गर्ने जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले पाएका छन ।
गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत उनलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो ।
वैशाख २ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सिंहलाई अपराध महाशाखामा खटाइएको हो ।
यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी दिवेश लोहनी साढे ३३ किलो सुनकाण्डमा मुख्यालय तानिएका थिए ।
अपराध महाशाखामा आए एसएसपी सिंह
