परराष्ट्रमन्त्री ज्ञवाली पाँचदिने भ्रमणका लागि चीन जादै

 

काठमाडौं, वैशाख ३ —परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन जाने भएका छन। उनी राति ११ बजे त्यसतर्फ जाने कार्यक्रम रहेको छ । समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान लागेका मन्त्री ज्ञवालीको ५ दिन भ्रमणको कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले वैशाख ५ गते समकक्षी वाङ वीसँग दुईपक्षीय वार्ता गर्नेछन । बेइजिङमा रहँदा उनले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।