एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौ, वैशाख ३ — नेकपा एमाले स्थायी कमिटीको बैठक आज साँझ बस्ने भएको छ । पार्टी एकताबारे अन्यौल देखिएका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बैठक बस्न लागेको हो ।