‘कला आत्माले आउने चिज हो’सुष्मा राज भण्डारी

प्रकृती दाहाल काठमाडौ —दरबारमा जब जंगबहादुर राणा र भाजुमानको स्केच देखिन स्केचमा जंगबहादुरको जुगा कतै थियो त कतै छुटेको थियो । उनलाई स्केचबारे मनमा जिज्ञासा भयो कसरी बन्यो होला, कसरी बनाउन सकिएला। यो कुरा हो २०४० सालको यहि जिज्ञासाले सुष्माराज भण्डारी चित्र कोर्न थालिन । रंगहरुसंग खेल्न थालिन स्केच हरु कोर्न थालिन । चित्र कोर्न थालेपछि घरमा  बुबालाई मन नपरे पनि आमाले भने उनलाई साथ दिइन ।
उनले अहिलेसम्म १६ औं एकल प्रर्दशनी गरीसकेकी छन । उनका चित्रहरु चाइना लगायत सार्क राष्ट्रमा एकल प्रर्दशनी भइसकेका छन। केही गल्ती गरेमा वा केही बिग्रेमा गणेश भगवानलाई लड्डु चढाएमा सबै ठिक हुुने शिक्षा पाएकी उनले गणेशका थिममा चित्र कोर्न थालिन ।   उनले ३० भन्दा बढी किसिमका गणेशका चित्रहरु कोरेकी छन। उनले गणेशमान सिंह, शैलजा आर्चाय, बिपी कोइराला लगायतको स्केच समेत कोरेकी छन ।
उनको पहिलो चित्रकला प्रर्दशनी २००० सालमा नेपाल आर्ट काउन्सिलमा केशबजङ रायमाझीबाट उद्घाटन भएको थियो । पहिलो कमाई सम्झिदै उनीले भनीन ‘२०० थियो त्यसमा आमालाई चुरा किनिदिए।’
ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ र हस्तकला बिभागकी प्रमुुख सुष्मा परम्परागत कलालाई प्राथमिकता दिनुुपर्ने बताउछिन । नेपालमा अझै पनि नब्बे प्रतिशत मानिसहरु कलाको बारेमा अनबिज्ञ रहेको उनको बुझाई छ ।नेपालमा कला सम्बन्धी अझै शिक्षाको आवश्यकता रहेको बताउछिन । कलाकारको लाइसेन्स हुुनैपर्ने र बिमा हुुर्नेपर्ने उनको धारणा छ । उनी भन्छिन ‘कलाको बारेमा उचित निति बन्न सकेको छैन । जनप्रतिनिधि आएपछि अब कलाको बारेमा अझै बढी बुभ्न सकिने छ । ’
चित्रकला बाहेक खेलमा पनि त्यतिकै अब्बल रहेकी उनी ब्याडमिन्टनको राष्टिय खेलाडि समेत बनिन । काठमाडौमा जन्मीहुुर्केकी उनी छोरीलाई घरबाहिर निस्कने अवस्था नहुुदाको समयमा पनि २०४६ सालमा मोटरसाईकल कुदाउने आँट सम्म गरिन । उझै पनि उनलाइ मोटरसाइकल कुदाउने केटी भनेर चिन्ने गर्छन ।
चित्रकलामा पनि मेहनत गर्न सकेमा राम्रो आम्दानी हुने उनको अनुुभव छ । सहयोगी आँटिली स्वाभाबकी उनको जिवन कलामै समर्पित हुने योजना रहेको छ । तीन वटा घर मध्ये एउटा राष्टिय म्युजिम बनाउने उनको सोच रहेको छ ।