उदयपुर नापी साखा प्रमुख घुस सहित पक्राउ

चैत्र २९, काठमाडौ–उदयपुरको नापी शाखा प्रमुख श्यामबाबु साह घुस सहित पक्राउ परेका छन् । अघिल्लो दिन सेवाग्राहीबाट लिएको ५० हजार घुससहित आज बिहान ८ बजे अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो । आफ्नै निवासमा रहेका साहलाई अख्तियारको पूर्व क्षेत्रीय कार्यालय इटहरीबाट आएको प्रहरी निरीक्षक कमाण्डको टोलीले छापा मार्दा नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घुस कसले दिएको भन्ने खुलिसकेको छैन । सदरमुकामको मुटुमा रहेको त्रियुगा माध्यामिक विद्यालयको जग्गा अतिक्रमण गर्ने गरी नक्शा परिवर्तन गर्न केही भूमाफीयाले ३ वर्षदेखि प्रयास गरिरहेको विषयमा प्रमुख साह र जग्गाधनीबीच बार्गेनिङ चलेको स्रोतको दाबी छ ।