बर्षाका कारण स्थिगत धनगढ़ी प्रिमियर लिगकोे दोस्रो क्वालिफायर खेल आज हुँदैछ

चैत २९ , काठमाडौं – वर्षाका कमारण हिजो स्थगित भएको धनगढ़ी प्रिमियर लिगकोे दोस्रो क्वालिफायर खेल आज हुँदैछ । फाइनल प्रवेशका लागि महेन्द्रनगर युनाइटेड र काठमाडौ गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ । हिजो महेन्द्रनगरले टस हारेर व्याटिगं थालेर ८ रन बनाएको स्थितीमा पानी परेपछि खेल रोकिएको हो । खेल आज ११ बजे हुने आयोजकले जनाएको छ। आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ ।
बिजेताले उपाधिको लागि टिम चौराहा धनगढीसंग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दैै चौरहा फाइनलमा पुगिसकेको छ । प्रतियोगीतको सम्मपुर्ण खेलहरु अन्नपुर्ण मिडिया नेटवर्क अन्तर्गतको एपि वान एच डि टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।